हिमपात र बर्षातको कारण देशभरको जनजीवन प्रभावित, शुक्रबारसम्म उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ।

  • नेपाल राष्ट्रिय दैनिक
  • December 29, 2021
canadianhouse01

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यम हिमपात चलिरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षात र हिमपातको कारण तराई तथा डोल्पा र सिमीकोट लगाएतका उच्च पहाडी भेगमा हुने नियमित हवाई उडानहरु प्रभावित बनेको छ । उडान प्रभावित भएपछी यात्रुहरु अलपत्र परेका छन् भने लगातारको हिमपातका कारण उच्च पहाडी भेगको जनजीवन कष्टकर बनेको छ ।
त्यस्तै हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि कारण सडक सुचारु गर्न कठिन बनेको छ ।

यता हेटौंडा क्षेत्रमा चिसो बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय बुधबार बन्द गरिएको छ भने काठमाडौंमा पनि केही निजी बिद्यालयहरुले चिसो बढेको कारण बिद्यालय बन्द गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

त्यसैगरी २०७८ पौष १५ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ भ,ने राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

ra २०७८ पौष १६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने, राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सुचना जारी गर्दै,देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५