आगोको धुँवाले निसास्सिएर एकै परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् भने तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।
भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका कालिकोट पिलीखाडा चक्र नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारको अन्य ३ जनाको मृत्यु भएको हो भने बेहोस अवस्थामा भेटिएका परिवारका अन्य ३ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
मेडिकल स्टोरको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका धर्मप्रसाद गएराति खाना खाएर आफ्नो परिवार सहित एउटै कोठामा सुतेका र चिसो छल्न बालेको कोइलाको धुँवाले निसास्सिएर उनिहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाए पनि घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्