राप्रपा र विवेकशील साझाबिच एकता वार्ता ।

  • नेपाल राष्ट्रिय दैनिक
  • December 31, 2021
raaprapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबिच आज भएको भेटवार्तामा पार्टी एकताको प्रस्ताव अघी बढेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमसेर राणासँगको भेटमा पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । पछील्लो समय आफ्ना बिचारहरुमा राजसंस्थाप्रति उदार देखिँदै आएका मिश्रले संघियता र धर्मनिरपेक्षताबारे जनमत संग्रहको बिषय उठान गरेपछी दुई पार्टीबिचको बिचार मिल्न सक्ने भन्दै दुबै पार्टिका अध्यक्षले पार्टी एकताको वार्तालाई अघी बढाएका हुन् ।
त्यसो त एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेका थिए।

अध्यक्ष लिङ्देनले हिन्दु राज्य र राजसंस्था फर्काउन छिन्नभिन्न भएका सबै शक्तिहरूलाई एकै ठाउँ ल्याउने घोषणा समेत गर्नुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५