नबिल बैंकले नेपाल–बंगलादेशलाई प्राप्तिको प्रक्रिया औपचारिक रुपमा अघि बढाएको छ । नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर प्रक्रियालाई अगाडि बढाउनका लागि समिति गठन गरेका छन् । यसका लागि दुवै बैंकले अनौपचारिक सम्झौता गरी आ–आफ्नो तर्फबाट प्रक्रिया सुरु गरेका छन् ।उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठित मर्जर समितिलाई नबिल बैंकले जिम्मेवारी दिएको छ । तर नबिल बैंक श्रोतका अनुसार “हामी अहिले मर्जरको पक्षमा छैनौं, एक्विजिसनको पक्षमा छौं ।” बाङ्लादेश बैंकले भने मर्जरको लागि आजनै आफ्नो समिती गठन गरेको छ।
अहिले ती विषयमा छलफल भई दुवै संस्थाले औपचारिक रुपमा प्रक्रिया अगाडि बढाएको छ । नेपाल बंगलादेश बैंकको प्रमुख शेयरधनी आईएफआईसी बैंक अफ बंगलादेशले आफ्ना सबै सेयर बेचेर बाहिरिने भएको छ । स्रोतका अनुसार नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आईएफआईसीको सबै शेयर र बाँकी रहेका केही शेयर खरिद गरेर प्राप्ती गर्न लागेको हो । आजसम्मको समझदारी अनुसार एक साताभित्रै सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गर्ने योजना छ । तर, अन्तिम टुङ्गो विस्तृत सम्पत्ति तथा दायित्व अध्ययन (DDA) गरेपछि मात्रै अन्तिम निर्णय हुनेछ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्