मधेशमा स्थानीय तहको निर्वाचन गर्न नदिने सिके राउतको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2022
ck raut 20190310011022

किसान आन्दोलनको माग पूरा नभए सिके राउतले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।

किसानका विभिन्न माग राख्दै मधेशमा लगातार आन्दोलन गर्दै आइरहेका सिके राउतले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै राउतले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचन गर्न नदिने बताएका छन् ।

‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’

सिके राउतले विभिन्न ११ वटा माग राख्दै तराई मधेशमा आन्दोलन गर्दै आएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५