जुनसुकै उमेरका विद्यार्थीहरू कक्षा १० (एसईई) परीक्षामा सहभागी हुन पाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 28, 2022
Siskya

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा उमेरको हद नरहेको भन्दै शिक्षा ऐन संशोधन गरेको छ । तदनुसार, जुनसुकै उमेरका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षामा सहभागी हुन योग्य मानिनेछन्।

यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो। सरकारी व्यवस्थाका कारण शिक्षा ऐनअनुसार विगतमा १४ वर्ष नाघेकाले मात्र एसएलसी लिन पाउने भए पनि अहिले कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो।। तर, शिक्षा ऐन २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

यो प्रावधानले धेरै विद्यार्थीलाई समस्या परेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हद हटाएको हो । मन्त्रालयले शिक्षा ऐन, २०४९ को नियम ७८ को उपनियम ८२ मा शिक्षा ऐनको दफा २ को दफा (घ) र (छ) परिमार्जन गरी उमेर सीमा हटाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईमा १४ वर्ष उमेर हदका कारण धेरै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गर्ने, परीक्षा उत्तीर्ण भएर पनि नतिजा रोक्का राख्ने र उमेर बढाउनुपर्ने कारण आगामी एसइईमा उमेर सीमा हटाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५