- काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ, आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका हुन्।
उनले नेपाली मौलिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसले सबैमा स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन्।
धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा सभापति थापाको शुभकामना
धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा सभापति थापाको शुभकामना
२०८३
प्रतिक्रिया