काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
पुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुम्बासी र १२ अव्यवस्थित बसोबासी परिवार रहेका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइएको सचिवालयको भनाइ छ।
चितवनका १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण
चितवनका १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण
२०८३
प्रतिक्रिया