गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से सडकखण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको हो।
पहिरोका कारण सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन्।
सडक माथिबाट चट्टानसहितको पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
गुल्मीमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
गुल्मीमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध
२०८३
प्रतिक्रिया