काठमाडौँ – हुम्लामा शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको थियो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने बताइएको छ। यद्यपि, भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन।
क्षतिको विवरण आउन बाँकी रहेको छ।
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु थेहे आसपास
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु थेहे आसपास
२०८३
प्रतिक्रिया