+
Search

ताजा अपडेट +

पपुलर +

जुम्लामा ईएनटी विशेषज्ञ शिविरबाट एक हजार ३७ जना लाभान्वित, ४३ जनाको शल्यक्रिया

जुम्लामा ईएनटी विशेषज्ञ शिविरबाट एक हजार ३७ जना लाभान्वित, ४३ जनाको शल्यक्रिया

२०८३ कार्तिक २०, शुक्रबार

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन्। शिविरमा ४३ जनाको शल्यक्रियासमेत गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा कात्तिक १२ गतेदेखि सञ्चालन भएको शिविर बिहीबार सम्पन्न भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीमध्ये ४३ जनाको शल्यक्रिया गरिएको हो।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा कात्तिक १२ गतेदेखि सञ्चालन भएको शिविर बिहीबार सम्पन्न भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीमध्ये ४३ जनाको शल्यक्रिया गरिएको हो।
निर्देशक विष्टले शिविरले प्रतिष्ठानको शल्यचिकित्सा सेवा सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको बताए। उनले आगामी दिनमा पनि यस्ता विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।त्यस्तै, प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकले आफ्नै क्षेत्रमा शल्यक्रियासहितको सेवा पाउनु महत्वपूर्ण उपलब्धि भएको बताए।
दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा