सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्