नेपाल र भारतबीच महाकालीमा पक्की पुल बनाउन सम्झौतापत्रमा हस्ताक्षर

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2022
darchula and dharchula pul samjhauta

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुने भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी महाकालीमा गाडी गुड्ने पुल निर्माण हुन लागेको हो । पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपाल र भारतबीच आज हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो ।

पुल सञ्चालनमा आएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमन सुदृढ हुनाका साथै दुवै देशका सीमा क्षेत्रका समुदायबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास भारत सरकारले गरेको छ ।

नेपाल र भारतबीचको प्रगाढ मैत्रीको सेतुको रुपमा रहने उक्त पुलले वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन र दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने नीतिअनुरुप रहेको तथा पुल निर्माण चाँडै सुरु गरिने यहाँस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रासस

Share :
pokhara

पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ । पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ । महानगरले भ्रमण वर्षअवधिभर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५