काठमाडौं महानगरपालिकाको राजस्व विभागले भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई जरिवाना सहित कर चुक्ता गर्न पत्राचार गरेको छ ।
फन पार्कले विगत ७ वर्षदेखि कर नतिरेको र पटक-पटक ताकेता गर्दा पनि कर बक्यौता चुक्ता नगरिएको भन्दै विभागीय प्रमुख शिवराज अधिकारीले २४ घण्टे अल्टिमेटम सहित पत्र काटिएको जानकारी दिनुभएको छ।
विभागीय प्रमुख अधिकारीद्वारा जारी गरिएको पत्रमा अहिले सम्मको सम्पूर्ण कर बक्यौता र जरिवाना नतिरे फनपार्क शिलबन्दी गरी राजस्व असुल उपर गरिने बताइएको छ।
समाजकल्याण परिषद्को स्वमित्वमा रहेको भृकुटीमण्डपस्थित फनपार्क संचालन गरिएको ६० रोपनी जग्गा भाडामा लगाउँदा समेत भ्रष्टाचार भएको भन्दै यसघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
![kathmandu fun park](https://nepalrastriyadainik.com/wp-content/uploads/2022/08/kathmandu-fun-park-514x726.jpg)
आफ्नो प्रतिक्रिया दिनुहोस्