चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ बजे सडकको माथिल्लो भागबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।
पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन प्रहरी र सडक डिभिजन कार्यालयले आवश्यक पहल गरिरहेका छन् । पहिरो हटाउने काम जारी रहे पनि सडक खुलाउन केही समय लाग्ने यादवले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
प्रतिक्रिया