+
Search

ताजा अपडेट +

पपुलर +

हाकुबेँसीका १५६ परिवारलाई सुरक्षित स्थानमा सार्न माग

हाकुबेँसीका १५६ परिवारलाई सुरक्षित स्थानमा सार्न माग

२०८३ कार्तिक २३, सोमबार

रसुवा– भोटेकोशी नदीमा आएको भीषण बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम कायमै रहेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसीका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि सिंगो बस्ती जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए । उनका अनुसार बाढी आएको लामो समय बितिसक्दा पनि जमिन कमजोर बनेर पहिरो खस्ने क्रम नरोकिएकाले बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत लिखित माग पेस गरिएको हो ।

बाढी र नदी कटानका कारण गाउँमा रहेको विद्यालय र प्रहरी चौकीसमेत जोखिममा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा