+
Search

ताजा अपडेट +

पपुलर +

देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक २०, शुक्रबार

काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली हुने भएको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बिहानको समयमा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा समेत बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन तथा यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ।
बाँकी पहाडी तथा तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा