काठमाडौँ — साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ।
बजारमा कारोबार सुरु भएको दुई मिनेटसम्म बढ्ने संकेत देखिए पनि त्यसपछि दिनभर नेप्से घटेको थियो। बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ।
बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम घटेर ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।
बिहीबार ३४९ कम्पनीको सेयर कारोबार भएको थियो। जसमध्ये २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको बढेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ। लघुवित्त उपसमूहबाहेक अन्य सबै उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ।
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ।
नेप्से १२.९५ अंकले घट्यो, कारोबार रकममा पनि कमी
२०८३
प्रतिक्रिया