रूसी सैन्य समूह वाग्नरसँग मद्दत माग्दै नाइजरका सैन्य शासक

  • नेपाल राष्ट्रिय दैनिक
  • August 5, 2023
niger

नाइजरको नयाँ सैन्य सरकारले पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक एकोवासद्वारा हुनसक्ने सैनिक हस्तक्षेप विरुद्ध युद्दको तयारी गर्दै गर्दा रूसी सैन्य समूह वाग्नरसँग मदतको लागि आग्रह गरेको छ।

नाइजरका जनरलले रुसी सैन्य समूह वाग्नरलाई पश्चिम अफ्रिकी क्षेत्रीय ब्लकद्वारा सम्भावित सैन्य हस्तक्षेपको सामना गर्नको लागि अन्तिम मिति नजिकिँदै गर्दा सैन्य सहयोगको लागि आग्रह गरेका हुन्।

नाइजरको सैन्य सरकारले राष्ट्रपति मोहम्मद बाजुमलाई पदबाट अपदस्थ गरेपछि उनको पुनर्स्थापनाको निमित्त पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक एकोवासले आइतबार सम्मको म्याद दिँदै सैन्य कारवाहीको चेतावनी दिएको छ। यता नाइजरको सैन्य शाशक र जनताले भने पश्चिमा र युरोपको इसारामा नाइजरको सार्वभौमसत्तामा एकोवासले सैन्य कु गर्न खोजेको आरोप लगाउँदै देशको स्वाधिनताको निम्ति लड्ने तर बाजुमलाई पुनर्स्थापना नगर्ने बताएका छन्। सैन्य नेताहरूले पूर्व उपनिवेश फ्रान्सलाई अस्वीकार गरेका छन् र रुसतर्फ फर्केका छन्।

नाइजर सेनाले पश्चिमा र युरोपेली नागरिकलाई आफ्नो देश छाड्न चेतावनी समेत दिएको छ। तर फ्रान्स र अमेरिकाले भने नाइजरमा रहेको आफ्नो सैन्य अखडा नहटाउने बताएका छन्। फ्रान्सले नाइजरसँग गरेको पाँच सैन्य सहयोग सम्झौताहरू पश्चिम अफ्रिकी राज्यका ‘वैध अधिकारीहरू’ सँग हस्ताक्षर गरिएको र वर्तमान सैन्य सरकारलाई आफुहरुले नमान्ने भन्दै नाइजरमा रहेको आफ्नो सैनिक नहटाउने बताएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५