कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आजबाट अनिवार्य अवकाशमा गएका छन्। सर्वोच्च अदालतले आज उनलाई बिदाई गरेको छ।
करिब ७ महिना कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।
जबराको निलम्बनसँगै कार्कीले सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन्। दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन्। कार्की आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्