सत्तारुढ दलको बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 31, 2022
gathbandhan meeting

सत्तारूढ दलको बैठक आज बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।आगामी स्थानीय निर्वाचनमा समन्वयका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

सत्तारुढ दलका नेताहरूले स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र प्रदेशसभाको निर्वाचनमा समन्वय गर्ने बताउँदै आएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र अहिले पनि समन्वयका विषयमा विवाद छ । तर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने कुरामा अडिग छन् । शेखर कोइरालाको प्यानलले कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

गृहजिल्ला चितवनमा हिजो पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकले समन्वयका विषयमा निर्णय गर्ने बताउनुभएको छ । कम्तिमा आजको बैठकबाट महानगरको विषयमा निर्णय हुने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारको भारत भ्रमण र नेपालले उठाउनुपर्ने एजेण्डाबारे पनि छलफल हुनेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५