सत्तारुढ दलको बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 31, 2022
gathbandhan meeting

सत्तारूढ दलको बैठक आज बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।आगामी स्थानीय निर्वाचनमा समन्वयका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

सत्तारुढ दलका नेताहरूले स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र प्रदेशसभाको निर्वाचनमा समन्वय गर्ने बताउँदै आएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र अहिले पनि समन्वयका विषयमा विवाद छ । तर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने कुरामा अडिग छन् । शेखर कोइरालाको प्यानलले कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

गृहजिल्ला चितवनमा हिजो पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकले समन्वयका विषयमा निर्णय गर्ने बताउनुभएको छ । कम्तिमा आजको बैठकबाट महानगरको विषयमा निर्णय हुने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारको भारत भ्रमण र नेपालले उठाउनुपर्ने एजेण्डाबारे पनि छलफल हुनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५