२४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
corona khop

पछिल्लो २४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ८१ जना निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ८८ जनामा झरेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता कोरोनाबाट हुने मृत्यु शून्यमा झरेकोमा आज एक जनाको ज्यान गएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५