२४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
corona khop

पछिल्लो २४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ८१ जना निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ८८ जनामा झरेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता कोरोनाबाट हुने मृत्यु शून्यमा झरेकोमा आज एक जनाको ज्यान गएको हो ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५