एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • March 13, 2022
1289134382can


नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

टीयू क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ । यस्तै टीयूमै हुने नेपाल, पीएनजी र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।

टी–२० सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग, मार्च ३० मा मलेसियासँग, मार्च ३१ मा फेरि पीएनजीसँग र अप्रिल २ मा फेरि मलेसियासँग खेल्नेछ । फाइनल खेल अप्रिल ४ मा हुनेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५