एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • March 13, 2022
1289134382can


नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

टीयू क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ । यस्तै टीयूमै हुने नेपाल, पीएनजी र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।

टी–२० सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग, मार्च ३० मा मलेसियासँग, मार्च ३१ मा फेरि पीएनजीसँग र अप्रिल २ मा फेरि मलेसियासँग खेल्नेछ । फाइनल खेल अप्रिल ४ मा हुनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५