आईसीसी टी–२० विश्वकप छनौटको आजको खेलमा नेपाल पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 22, 2022
cricket nepalricket

विश्वकपको यात्रामा पूर्णविराम

आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज भएको खेलमा नेपाल ६८ रनले पराजित भएको छ ।

ओमानको अल अमेरत रङ्गशालामा आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र यूएईबिच भएको सेमीफाइनल खेलमा नेपाल ६८ रनले पराजित भएको छ । १७६ रनको लक्ष्य प्राप्तीका लागि यूएई विरुद्ध मैदानमा उत्रिएको नेपाली टोली १८.४ ओभरमा सबै विकेट गुमाएर  १०७ रनमा समेटिएको थियो ।

आजको खेलसंगै नेपालको विश्वकपको यात्रामा पूर्णविराम लागेको छ ।
यूएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउंदै १७५ रन जोड्न सफल भएको थियो ।
समुह चरणको खेलमा लगातार ३ वटा खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५