+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

२०८३ कार्तिक १९, बिहीबार

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, खेलकुद, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहनलगायतका विषयमा छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारत सरकारले उद्धार टोली परिचालन गर्नुका साथै राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरे। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकोमा पनि उनले धन्यवाद दिए।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य गर्न सकिने सम्भावनाबारे समेत

चासो व्यक्त गरेका थिए।
भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन तयारी तीव्र पारिएको जानकारी गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए।त्यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए।
मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिँदै बिहीबार उक्त रेलमार्गमा परीक्षणसमेत गरिएको बताएका थिए।

 

प्रतिक्रिया

लेखकको बारेमा