+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडितको गुनासो : ‘सरकारले हेरेन, संस्थाले खुवाएको छ’ | घरजग्गा गुमाएका परिवारको भविष्य अन्योलमा | अस्थायी बसोबासका लागि दिइने १५ हजार रुपैयाँ काठमाडौंमा अपर्याप्त

दुई महिनादेखि काठमाडौंको आश्रयमा टिमुरेवासी, पुनर्स्थापनाको टुंगो नलागेपछि गाउँ फर्किने तयारी

२०८३ कार्तिक १९, बिहीबार

काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेवासी दुई महिनादेखि काठमाडौंमा आश्रित जीवन बिताइरहेका छन् । बाढीले घर, जग्गा र थातथलो गुमाएका उनीहरूको स्थायी पुनर्स्थापनाको टुंगो नलागेपछि पीडितहरू अब आफ्नै जन्मभूमि फर्कने तयारीमा जुटेका छन् । सरकारले पुनर्स्थापनाको ठोस योजना सार्वजनिक नगरेको भन्दै उनीहरूले तत्काल अस्थायी बासस्थान र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् ।

रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बस्दै आएकी छन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अन्य सदस्य । एक्लो जीवन बिताइरहेकी उनलाई अब बाँकी जीवन कहाँ र कसरी बिताउने भन्ने चिन्ताले सताइरहेको छ ।

‘बुढा पनि अलगै हुनुहुन्छ । छोरी बिहे गरेर गइसकिन् । टिमुरेमा पनि जग्गा–जमिन केही छैन । घर पनि छैन । अलिअलि भएको पनि बाढीपहिरोले लग्यो,’ उनले सुनाइन्, ‘सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ।’

लाङराङको यो पीडा टिमुरेका धेरै विस्थापितको साझा समस्या बनेको छ । बाढीले घरबारविहीन बनाएका परिवार अहिले आफन्त, परिवार र थातथलोबाट टाढा काठमाडौंमा अस्थायी आश्रय लिएर बसिरहेका छन् । उनीहरूका लागि सबैभन्दा ठूलो चिन्ता अबको जीवन कसरी चलाउने र पुनः आफ्नै गाउँमा कसरी फर्किने भन्ने हो ।

पुनर्स्थापनाको टुंगो नलागेपछि जन्मभूमि फर्किने तयारी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङ सरकारले आफूहरूको स्थायी व्यवस्थापनबारे कुनै जानकारी नदिएको गुनासो गर्छन् । दुई महिनादेखि काठमाडौंमा बस्दा पनि पुनर्स्थापनाको स्पष्ट योजना नआएपछि उनीहरू गाउँ फर्कने निष्कर्षमा पुगेका हुन् ।

उनका अनुसार तिहारपछि टिमुरे फर्किने तयारी भइरहेको छ । काठमाडौंको होल्डिङ सेन्टरमा अनिश्चितकालसम्म बसिरहन सम्भव नभएकाले आफ्नै थातथलोमा गएर बस्ने र पुरानो जीवनशैली पुनः सुरु गर्ने उनीहरूको चाहना छ ।

‘हामी सधैँ यहीँ बसेर हुँदैन । हामी थातथलो फर्कन तयार छौँ । हामी जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन चाहन्छौँ । छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ,’ कामी नुर्बु तामाङले भने ।

टिमुरेमा तत्कालै पुरानै बस्तीमा बस्न सम्भव नभए गाउँमाथिको डाँडामा सुरक्षित बासस्थान निर्माण गर्ने योजना रहेको उनले बताए । त्यसका लागि सरकारले खाद्यान्न, अस्थायी टहरा र आवश्यक आधारभूत सुविधाको व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।

बाढीपछि राहतस्वरूप प्राप्त रकमलाई पुनर्वास तथा बस्ती निर्माणमा उपयोग गर्न सकिने सुझावसमेत उनले सरकारलाई दिएका छन् ।

काठमाडौंमा खानपिन र संस्कृतिको समस्या

काठमाडौंको गुम्बामा बस्दा स्थानीय समाज, संस्कृति र खानपिनसँग घुलमिल हुन कठिन भइरहेको विस्थापितहरूको अनुभव छ । आफ्नो गाउँ, परिवार, परम्परा र दैनिक जीवनबाट टाढा रहनुपर्दा उनीहरू मानसिक तथा सामाजिक रूपमा समेत असहज अवस्थामा छन् ।

कामी नुर्बु तामाङका अनुसार बाढीबाट टिमुरेका करिब २० देखि २५ प्रतिशत स्थानीय मात्रै जीवित रहेका छन् । यस्तो अवस्थामा बाँकी समुदायको संरक्षण, पुनर्स्थापना र भविष्य सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।

‘हाम्रो अभिभावक भनेको त सरकार हो । हामी भारतबाट आएको शरणार्थी होइन, चीनबाट आएको शरणार्थी होइन । लिच्छवीकालदेखि नै त्यो रसुवागढी नाका सञ्चालनमा आयो । हामी पुर्खा नाकाको सुरक्षाकर्मी हो,’ उनले भने ।

टिमुरेवासीले आफूहरूलाई केवल राहतका लागि आश्रित समुदायका रूपमा मात्र नहेरी ऐतिहासिक बस्ती, सीमावर्ती समुदाय र राष्ट्रको महत्वपूर्ण अंगका रूपमा बुझ्नुपर्ने आग्रह गरेका छन् ।

अभिभावकविहीन बालबालिकाको भविष्यप्रति चिन्ता

बाढीका कारण परिवारका सदस्य गुमाएका तथा अभिभावकविहीन बनेका बालबालिकाको भविष्य पनि विस्थापित समुदायका लागि अर्को ठूलो चिन्ताको विषय बनेको छ ।

कामी नुर्बु तामाङले बालबालिकाको स्वास्थ्य, शिक्षा र समग्र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

‘सरकार ! हामीबीच आएर मल्हम लगाउने काम गर्नुहोला । बालबच्चा देशका कर्णधार हुन् । उनीहरूको विकास गरौँ । उनीहरू भए भोलि देशलाई फाइदा होला । स्वास्थ्य, शिक्षामा ध्यान दिनपर्छ,’ उनले सरकारलाई आग्रह गरे ।

उनका अनुसार बाढीबाट प्रभावित बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नदिन तत्काल आवश्यक व्यवस्था गर्नुपर्छ । विस्थापनका कारण बालबालिकाको पढाइ र भविष्य प्रभावित हुन सक्ने भएकाले उनीहरूको दीर्घकालीन संरक्षण आवश्यक रहेको उनले बताए ।

सरकारले बाढीपीडितको समस्या सम्बोधन नगरे आफूहरू सडकमा आउन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् ।

दुई महिनादेखि गुम्बामा आश्रित, अझै बासस्थानकै समस्या

टिमुरेबाट उद्धार गरिएका बाढीपीडितलाई सुरुमा १० दिन यल्लो गुम्बामा राखिएको थियो । त्यसपछि उनीहरूलाई स्वयम्भुस्थित मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको हो ।

अस्थायी रूपमा आश्रय पाए पनि स्थायी बसोबासको व्यवस्था नहुँदा उनीहरूको जीवन अझै अन्योलमा छ ।

अर्की बाढीपीडित पासाङ तामाङले आफूहरूको प्रमुख समस्या बासस्थानकै रहेको बताइन् । सबै टिमुरेवासीलाई गाउँ फर्किएर सुरक्षित रूपमा बस्न सक्ने व्यवस्था मिलाइदिन उनले सरकारसँग आग्रह गरेकी छन् ।

‘सरकारले, संसारले हाम्रो दुःख देखेको छ । पहिलो त हामीलाई बासकै समस्या छ,’ उनले भनिन्, ‘हामी हाम्रै गाउँ फर्कन चाहन्छौँ । गाउँ फर्कन बाटो बनाउनुपर्ने छ । त्यो गरिन्जेल तत्काललाई सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिएको भए धेरै राम्रो हुन्थ्यो।’

पासाङका अनुसार बाढीपीडितलाई एकै ठाउँमा राखेर आधारभूत सुविधा उपलब्ध गराउन सके उनीहरूलाई दैनिक जीवनयापन गर्न सहज हुने थियो । सुरक्षित बासस्थान र गाउँ फर्किने बाटो निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।

भदौ १० को त्रास अझै सम्झनामा

भदौ १० गते टिमुरेमा आएको बाढीले विस्थापितहरूको जीवनमा ठूलो संकट ल्याएको थियो । बाढी आएपछि स्थानीय बासिन्दा ज्यान जोगाउन गाउँमाथिको डाँडातर्फ लागेका थिए ।

उद्धारको प्रतीक्षामा उनीहरूले दिनभर बिताए । तर तत्काल उद्धारका लागि कोही नआएपछि राति आफ्नै गाउँका घरमा बस्न बाध्य भएका थिए ।

भोलिपल्ट हेलिकप्टर आएपछि आठदेखि नौ जनाको समूह बनाएर उनीहरूलाई धुन्चे ल्याइएको थियो । त्यसपछि स्थलमार्ग हुँदै विस्थापितहरूलाई काठमाडौं ल्याइएको थियो ।

बाढीको त्यो दिन सम्झँदा अहिले पनि पीडितहरू झस्किने गरेका छन् । घर, सम्पत्ति र परिवार गुमा

प्रतिक्रिया

लेखकको बारेमा