सरकार र सुरक्षा निकायको अग्रिम तयारीले मनसुनजन्य विपदको क्षति न्यून पार्न सहयोग

  • नेपाल राष्ट्रिय दैनिक
  • October 6, 2025
nepal army helicopter rescue team

काठमाडौँ-लगातार वर्षाको कारण देशभर बाढी र पहिरोजन्य घटना बढ्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारि गरेसँगै सरकार र मातहतका सुरक्षा निकायहरुले विपदबाट हुने जोखिम नियुनिकरणका लागि आवशयक पुर्व तयारी गरे। लगातारको वर्षाका कारण देशभर भएका विपदका घटनामा ठुलो मात्रामा जनधनको क्षति भएको छ ,यधपी सरकार र सुरक्षा निकायको पुर्व तयारीका कारण यसपटक देशमा हुन गएको प्राकृतिक विपदका घटनाहरुमा सरकार र सुरक्षा निकायहरु पुर्व तयारीका साथ अगाडी बढ्दा मनसुनजन्य विपदको क्षति न्यून पार्न सहयोग भएको छ भने जनताले ठुलो राहत महशुस गरेका छन्।

सरकारले, वर्षातको समयमा बाढी र पहिरोमा परि हुने सडक दुर्घटना न्यूनीकरणका लागि बाढी र पहिरो सम्भावित क्षेत्रहरुमा रातीको समयमा सवारी आवागमनमा रोक लगायो भने, मौसमको प्रतिकुलतासंगै लामोदुरिका सवारी संचालनमा समेत रोक लगायो। काठमाडौँ लगयात देशका विभिन्न जिल्लामा नदि किनारका वस्तीहरु खालि गरेर सुरक्षित स्थानमा स्थानान्तरण समेत गर्यो भने, बीच सडकमा अलपत्र परेकाहरुको लागि स्थानिय तहसंगको समन्वयमा खाधान्न र आवासको समेत व्यवस्था गर्यो।

त्यस्तै,विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको सूचना जारि गरेसँगै नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालन गरेको थियो। नेपाली सेनाका ७७ वटै जिल्लाहरूमा तैनाथ ९४ वटा गणहरूबाट एक गुल्म र ५८ वटै गुल्महरूमा एक स्ट्यान्ड बाइ फौज आधारभूत उद्धार सामग्रीहरूसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखिएको थियो। २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू आफ्ना इक्वीपमेण्टहरुसहित विभिन्न स्थानमा अग्रिम रुपमा हेलिकप्टर सहित तैनाथ गरिए।

त्यसैगरी,सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गर्यो। मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बलले नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राख्यो। जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको थिए । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्‍याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथ गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूलाई पनि विपद् व्यवस्थापनमा समन्वय गर्दै, ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको थियो।

त्यसैगरी,नेपाल प्रहरीले पनि विपद प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको थियो। काठमाडौँमा मात्रै १ सय ३० जना प्रहरी परिचालनगर्दै र १५—१५ जनाको टोली बनाएर र्‍याफ्टिङ बोटहरुसहित काठमाडौँ केन्द्रित उद्दारको काम गरे। विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरूमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा जनशक्ति परिचालित गरिएको थियो।

लगातार वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अग्रिम सूचना जारी गरेपछि सरकार र मातहतका सुरक्षानिकायहरूले आवश्यक पूर्वतयारी गरेका कारण यस वर्षका मनसुनजन्य विपद्‌हरूले देशभर ठूलो जनधन क्षति गरे पनि त्यसको प्रभाव केही हदसम्म घटेको जनाइएको छ। यसले जनतामा पनि राहतको अनुभूति भएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५