काठमाडौं – नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो।
प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचोरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यापर्ण गर्नुबहेको थियो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्