समय अभावका कारण कांग्रेस संसदीय दलको बैठक स्थगित: अर्को बैठक २४ गते

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2025
congress

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। बैठकमा सदस्यहरूको बोल्ने क्रम नसकिएपछि समय अभावको कारण बैठक २४ गते बिहान ८:०० बजे बस्नेगरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्।

घिमिरेका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको र आगामी बैठकमा मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूले बोल्नेछन।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको पनि उनले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५