भारतको महाकुम्भ मेलामा भागदौड हुँदा १५ भन्दा बढीको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • १६ माघ २०८१, बुधबार १०:०२
mahakumbha mela

उत्तरी भारतमा विश्वको सबैभन्दा ठूलो धार्मिक महोत्सव महाकुम्भ मेलामा भएको भागदौडमा भिडले थिचिएर १५ भन्दा बढीको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

उत्तर प्रदेशको प्रयागराज शहरमा रहेको महोत्सव स्थलका एक डाक्टरले बुधबार बिहान नदी किनार नजिकै भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको बताएका छन्।

मृत्युको अन्तिम संख्या भने अझै पुष्टि हुन सकेको छैन।कुम्भ मेलामा खटिएको र्‍यापिड एक्सन फोर्सले स्थिति नियन्त्रणमा हाल सो क्षेत्रमा उद्धारको प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन्।

उक्त घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरे र “स्थिति सामान्यीकरण र राहतको लागि निर्देशन समेत दिएका छन्।

महाकुम्भ मेला १०,००० एकड (४,०४६ हेक्टर) मा आयोजना भइरहेको छ जहाँ तीर्थयात्रीहरूलाई बस्नको लागि अस्थायी पालहरू निर्माण गरिएको छ। बुधबार छ हप्ताको महोत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो। प्रयागराजमा गंगा र यमुना नदीहरूको संगममा स्नान गरेमा पाप पखालिने र पुण्य आर्जन हुने विश्वाश गरिन्छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५