नेपालमा आत्महत्या गर्नेको कहालीलाग्दो तथ्याङ्क

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ पुष २०८१, आईतवार ०६:३७
suicide

काठमाडौँ — विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओका अनुसार संसारमा हरेक ४० सेकेन्डमा एक जना मानिसले आत्महत्या गर्दछ भने एक वर्षमा विश्वभरमा झण्डै आठ लाख मानिसले आत्महत्या गर्दछन।

नेपालमा पनि आत्महत्या गर्नेको संख्या विगतको तुलनामा अत्याधिक बढ्दो देखिन्छ। नेपालमा आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन् ,जसमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको छ ।

नेपाल प्रहरीको अनुसार बालकको तुलनामा भने आत्महत्या गर्नेमा बालिकाको संख्या बढी रहेको छ । कात्तिकसम्म ७ हजार ५ सय ६५ महिला, १३ हजार ४० पुरुष र २ हजार ६ सय ७० बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ ।आत्महत्या गर्ने २ हजार ६ सय ७० मध्ये १ हजार ७ सय ७५ जना बालिका हुन् भने ८ सय ९५ जना बालक रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ८ सय ३०, २०७९/०८० मा ६ हजार ९ सय ९३, २०८०/०८१ मा ७ हजार २ सय १९ जनाले हात्महत्या गरेको देखिन्छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि कात्तिकसम्म २ हजार २ सय ३३ जनाले आत्महत्या गरेका छन् । नयाँ आर्थिक वर्षको चार महिनामा १ हजार २ सय २७ पुरुष र ६ सय ८६ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने बालकको संख्या १०४ र बालिकाको संख्या २१६ रहेको छ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५