सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता मेघराज पोखरेल निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ पुष २०८१, आईतवार ०६:१२
bar association election

काठमाडौँ — सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका अन्य उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । सचिवमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन् ।

कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छन् ।

त्यस्तै, सदस्यहरूमा अधिवक्ताहरू दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, प्रदीपकुमार राजवंशी, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र शतिसराज मैनाली निर्वाचित भएका छन् ।

bar association election 1
Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५