काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतको संसद (वेस्टमिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले आगामी पौष २९ मा संसद भवन भित्र हुने विशेष कार्यक्रममा सम्बोधन गर्नेछन् ।
कार्यक्रममा बेलायतका एसिया राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती संसदका सदस्यहरुको सहभागिता रहनेछ ।एसिया राज्यमन्त्री क्याथरिन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेता कोइराला बेलायत जाँदैछन् ।
कोइराला बेलायतको संसदमा मन्त्री तथा सांसदहरुलाई सम्बोधन गर्ने पहिलो नेपाली नेता बन्नुहुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्