सरकार भ्रष्टाचारलाई पक्षपोषण गर्ने काम गर्दैछ: अग्नि सापकोटा

  • नेपाल राष्ट्रिय दैनिक
  • १८ पुष २०८१, बिहीबार १८:०३
maowaadi sthaayi committe baithak

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी नेता अग्नि सापकोटाले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गर्ने काम गरेको आरोप लगाएका छन्।

वर्तमान सरकार असफल भएको र उल्टो बाटोमा चलिरहेको भन्दै उनले भने,’सुशासनको विरुद्धमा, भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने कुरामा र माफिया र विचौलियाहरूको संरक्षणमा सरकार लागिपरेको छ ।’

विधुत प्राधिकरणमा राम्रो काम भइरहेकोमा त्यसको नेतृत्वलाई निकाल्न खोज्ने, अदालतले दोषी ठहर्यााएको मान्छेबाट दान लिनेजस्ता कुरा प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गर्ने कुरा रहेको पनि उनले बताएका छन्।

अरुकालाई चाहिँ छानी कारबाही गर्ने, छानीछानी पक्रने र आफ्नालाई चाहिँ जोगाउने खेलमा सरकार लागेको पनि उनले बताए।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५