काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक समितिमा प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतिबाट पारित गरिएको थियो ।
उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्