काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका कांग्रेसका दिग्गज सिंहको उपचारको क्रममा भारतको एम्स अस्पतालमा राती ९ बजेर ५१ मिनेट जाँदा निधन भएको हो।
डा. मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो। साधारण पृष्ठभूमिबाट आएका डा. सिंहले आफ्नो जीवनमा शिक्षा, अर्थशास्त्र र राजनीतिमा असाधारण उपलब्धि हासिल गरेका थिए । डा. मनमोहन सिंहले सन् १९४८ मा पञ्जाब विश्वविद्यालयबाट म्याट्रिक परीक्षा पास गरे।त्यसपछि उनले सन् १९५७ मा क्याम्ब्रिज विश्वविद्यालय (युके)बाट अर्थशास्त्रमा उपाधि हासिल गरे। उनले सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा डी.फिल डिग्री हासिल गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्