लामिछानेको निलम्बनपछि रास्वपा कार्यवाहक सभापतिमा डिपी अर्याल नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • ८ पुष २०८१, सोमबार १९:५२
dp aryal

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल नियुक्त भएका छन् । रास्वपाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो ।

रास्वपाका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध,सम्पति सुद्धिकरण लगायत अभियोगमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेपछि सोमबार सांसद पदबाट निलम्बनमा परेका रवि लामिछाने अहिले हिरासतमा छन् ।

रास्वपाको विधान अनुसार पार्टीको कार्यवाहक सभापति बन्न दुईवटा प्रक्रिया हुन्छ । पहिलो, ज्येष्ठताको आधारमा र दोस्रो, पार्टी अध्यक्षको सिफारिसमा । रास्वपाका अर्का उपाध्यक्षसमेत रहेका सांसद डा स्वर्णिम वाग्ले अर्यालभन्दा जेठो छन् । कार्यवाहक सभापति चयन उमेरका आधारमा भएको भए वाग्लेलाई कार्यवाहक सभापति चयन गरिनु पर्ने थियो ।तर लामिछानेले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देखिन्छ ।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरेको छ । पोखराको सूर्यदर्शन सहकारीमा सहकारी ठगी गरेको अभियोगमा लामिछानेसहित ६४ जनाविरुद्ध महाशाखाले मुद्दा दायर गरेको हो ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५