गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासनको स्क्यानर: राहदानी सेवा ठप्प

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ पुष २०८१, शुक्रबार ०७:०४
DAO Gulmi Scanner todfod

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा रहेको स्क्यानर फुटाएका छन् ।

आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेपछि बिहीबार राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।

सेवाग्राहीकै काम गर्दागर्दै रात पर्ने अवस्थामा कार्यालय समयपछि कालिगण्डकी गाउँपालिका अध्यक्ष शाखामा पसेर स्क्यानर फुटालेको राहादानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले बताए ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५