मन्त्री फेरबदल भएपनि गठबन्धन सरकार रहिरन्छ

  • नेपाल राष्ट्रिय दैनिक
  • December 18, 2024
prithvi subba gurung

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले कांग्रेस एमालेको गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

राइनास नगरपालिकाको वीरभक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारबीचको समझदारीमा तलमाथि नहुने स्पष्ट पारेका हुन्।

२०८४ को निर्वाचन पश्चात मात्र यो सरकार आ–आफ्नो बाटो लाग्ने भन्दै उनले, सरकारका मन्त्रीहरु फेरबादल हुन सक्लान तर गठबन्धन सरकारमा कुनै फेरबदल नआउने उनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५