सिस्नेरी-दक्षिणकाली सडकखण्ड ९ दिनका लागि बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • ३ पुष २०८१, बुधबार १३:३७
sisneri dakshinkali hetauda

काठमाडौँ- सिस्नेरी-दक्षिणकाली र कुलेखानी-फाखेल-मातातीर्थ सडक खण्ड नौ दिनका लागि बन्द भएको छ।

सडक स्तरोन्नतीको लागि आज (बुधबार) देखि यही पुस ११ गतेसम्मका लागि दक्षिणकालीबाट कुलेखानी निस्कने दुवै सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दक्षिणकाली-छैमलेमा खण्डमा कालोपत्र गर्नको लागि यातायात बन्द गरिएको हो। त्यसैगरी सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

यी सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग जस्तै हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकमा भएर यात्रा गर्न पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सबैमा आग्रह गरेको छ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५