त्रिविमा ८ डीन नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० मंसिर २०८१, आईतवार ०९:१३
TU Tribhuvan University

त्रिभुवन विश्वविद्यालयका आठ संकायमा डीन नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले विभिन्न ८ संकायमा डीन र तीन निर्देशनकहरू नियुक्त गरेको हो।

मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राध्यापक डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल , इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राध्यापक डा. शंकर खनाल नियुक्त भएका छन्।

त्यस्तै डा. लक्ष्मीकान्त शर्मालाई योजना निर्देशनालयका निर्देशक, डा. राजेन्द्र कुँवरलाई शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक र प्राध्यापक डा. मिनाराज भण्डारीलाई व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५