काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता भएको छ ।
परराष्ट्र मन्त्रालयले ,२९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।
एनआरएनएका पूर्वउपाध्यक्ष रहेका सोनाम लामाले २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि युनाइटेड नेपाली डायस्पोरा संगठन दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ साउन २०८० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोहि अनुरुप सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ दर्ता गर्न आदेश दिएको थियो ।
गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने प्रावधान अनुरुप युनाइटेड नेपाली डायस्पोरा संगठ दर्ता गर्न २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुले संयुक्त रुपमा निवेदन दिएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्