त्रिविको परीक्षा सम्बन्धी सम्पूर्ण सेवा अब अनलाइन मार्फत

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2024
TU Tribhuvan University

ललितपुर – मुलुककै पुरानो विश्वविद्यालयले ७४औँ वार्षिकोत्सवको अवसर पारेर अनलाइन सेवा सञ्चालन गरेको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सोमबारदेखि अनलाइन प्रणालीबाट परीक्षासम्बन्धी सेवा दिन थालेको छ ।

त्रिविका कार्यवाहक उपकुलपति प्रा शिवलाल भुसालले परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौंमा कम्प्युटरको माउसमा क्लिक गरेर अनलाइन सेवाको शुभारम्भ गर्नुभयो ।

कार्यवाहक कुलपति भुसालले परीक्षा सम्बन्धी हरेक प्रक्रियाका लागि विश्वविद्यालयले आफ्नो सेवालाई डिजिटलाइज गरेको बताउँदै सफल हुने विश्वास व्यक्त गरे ।

यसअघि विद्यार्थीले मार्कसिट लिन बल्खुस्थित कार्यालयमा जानुपर्ने बाध्यता थियो । यो सेवा सुरु भएसँगै विद्यार्थीले घरमै बसेर प्रवेशपत्र, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मार्कसिटमा सुधारलगायतका लागि आवेदन दिन सक्नेछन् ।

त्यसका लागि विद्यार्थीहरूले www.tuexam.edu.np मा लगइन गरी तोकिएका प्रमाणपत्रहरू संलग्न गरी सेवाहरूको लागि आवेदन दिनुपर्नेछ र त्यसपछि नेपाल बैंक वा ग्लोबल आइएमई बैंकमार्फत तोकिएको शुल्क तिर्नु पर्नेछ।

विद्यार्थीहरूलाई उनीहरूको आवेदन स्वीकार वा अस्वीकार गरिएको छ कि छैन भनेर कार्यालय समयमा सूचित गरिनेछ। कार्यवाहक उपकुलपति भुसालले अस्वीकृत भएमा त्रुटि सच्याई वा छुटेको विवरण भरेर पुनः आवेदन दिन सकिने पनि बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५