रिगल प्रहरी नियन्त्रणमा: के अब रेशम चौधरीको आममाफी पनि बदर हुन्छ ?

  • नेपाल राष्ट्रिय दैनिक
  • November 3, 2023
sarwochha

काठमाडौँ -संविधान दिवसको दिन राष्ट्रपतिले आम माफी दिएपछि कारागारबाट मुक्त भएका नेपालगंजका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले पुन: पक्राउ गरेको छ । पक्राउ पर्नुअघी रिगलले सामाजिक सञ्जाल मार्फत, सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै, कानुनमाथि फेरि पनि विश्वास राख्दै र भोलि फेरि न्याय पाउनेछु भन्ने विश्वास राख्दै आफूले कानुन समक्ष आत्मसमर्पण गर्न लागेको बताएका थिए।

राष्ट्रपतिले आममाफी दिएपछि गाडीको लस्कर र फूलमालाले भव्य स्वागत गरेको उनको रिहाइको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निकै आलोचना समेत भएको थियो। सोहिबिच मृतक चेतन मानन्धरकी पत्नी भारतीले काठमाडौंमा अनशन बसेपछि उनको पक्षमा देखिएको जनसमर्थन बढ्दै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलको आममाफीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो।

यता सोहि प्रकृतिमा राष्ट्रपतिबाट आममाफी पाएका टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीलाई पनि अब प्रहरीले पक्राउ गर्नेछ या राजनीतिक आवरणमा उनमुक्ति दिइनेछ भन्ने कुरा आम चासोको विषय बनेको छ। चौधरीलाई आममाफी दिनु संविधान, कानुन र न्यायको मान्य सिद्धान्तविपरीत भएको सर्वोच्चको पूर्णपाठ सार्वजनिक भएको पनि तीन महिना बितिसकेको छ।

राष्ट्रपतिबाट कैद माफी पाएसँगै चौधरी रिहा भए लगत्तै मृतक प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले रिट निवेदन दायर गरेकी छिन्। रेशमलाई जन्मकैदको सजाय माफी दिँदा पीडितहरूसँग कुनै सहमति नलिइएको उल्लेख गर्दै राष्ट्रपतिबाट दिइएको माफी मिनाहाको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग रिटमा गरिएको छ। रिट निवेदनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, कारागार व्यवस्था विभाग र रेशम चौधरीलाई विपक्षी बनाइएको छ। यो मुद्दा विचाराधीन अवस्थामै रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५