बहराइन विरुद्धको खेलमा नेपालको शानदार जित

  • नेपाल राष्ट्रिय दैनिक
  • October 15, 2023
under 19 nepali cricket

एसीसी यू-१९ प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ।

मलेसियामा जारी उक्त प्रतियोगितामा ७८ रनको सामान्य लक्ष्य दिएको बहराइनलाई नेपालले सात विकेटले पराजित गर्दै विजयी भएको छ । नेपालले ११.३ ओभरमा तीन विकेट गुमाउँदै जित हाँसिल गरेको हो।

यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५