बहराइन विरुद्धको खेलमा नेपालको शानदार जित

  • नेपाल राष्ट्रिय दैनिक
  • October 15, 2023
under 19 nepali cricket

एसीसी यू-१९ प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ।

मलेसियामा जारी उक्त प्रतियोगितामा ७८ रनको सामान्य लक्ष्य दिएको बहराइनलाई नेपालले सात विकेटले पराजित गर्दै विजयी भएको छ । नेपालले ११.३ ओभरमा तीन विकेट गुमाउँदै जित हाँसिल गरेको हो।

यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५