विश्वकप छनोटमा नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • March 17, 2023
nepali cricket

नेपालले सन् २०२३ को एकदिवसीय क्रिकेट विश्वकप छनोटमा प्रवेश पाएको छ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईसँगको प्रतिस्पर्धामा जित हाँसिल गरेपछि सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाएको छ  ।नेपालसहित १० टिमको प्रतिस्पर्धामा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ।

त्रिवि क्रिकेट मैदानमा भएको हिजोको खेलमा डकवर्थ लुइस नियम अनुसार नेपाल ९ रनले विजयी बन्न सफल भएको हो  । नेपाल, आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग २ को शीर्ष तीन स्थानमा रहेकाले ग्लोबल छनोटमा सिधा प्रवेश पाएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५