बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित

  • नेपाल राष्ट्रिय दैनिक
  • October 7, 2022
darchula flood

bfr'{nfdf af9Lsf] lat08f bfr'{nf, @% ebf} M bfr'{nfsf] dxfsfnL gbL / nf:s' vf]nfdf cfPsf] af9Ln] dRrfPsf] ljt08f . dxfsfnL / nf:s' vf]nfn] bh{gf}F 3/ aufpg'sf ;fy} cfwf bh{g :yfgLo a]kQf 5g . gbL s6fg hf]lvd sfod} /x]sf] 5 . b'x'F vnËf hf]8g] bfr'{nf ltÍ/ ;8s cj?4 5 eg] emf]n'u] k'n aufPsf] 5 . tl:a/ M g/]Gb|l;+x sfsL{÷/f;;

अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित बनेको छ भने सयौँ घरपरिवार विस्थापित भएका छन्। निरन्तरको वर्षासंगै आएको बाढी र पहिरोले देशभरका विभिन्न सडक खण्डहरु अवरुद्ध हुँदा आवात-जावतमा कठिनाई भोग्नु परेको छ।

बर्दियाको बबई नदीमा आएको बाढीका कारण गुलरिया नगरपालिका वडा नम्वर ५ बालापुरमा ३५ घर, गुलरिया वडा नम्वर ८ मुक्तिनाथ टोल र अन्यमा २१ घर, वडा नम्वर ११ ईन्द्रपुरमा १० घर र वडा नम्वर १२ मा ३ घर गरी ६९ घरधुरी प्रभावित बन्न पुगेका छन्।

मुस्ताङको मार्फास्थित फाराम खोला खोलामा आएको बाढीले मार्फास्थित कालोपत्रे सडक र स्याउबारीमा क्षति पुर्‍याएको छ भने बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध बन्न पुगेको छ।

सुर्खेत-जुम्ला-कर्णली राजमार्गका दर्जनौं स्थानमा साना-ठूला पहिरो गएको छ।गुर्भाकोट नगरपालिका ११ का विभिन्न स्थानमा घरहरु पूर्णरुपले क्षति भएको छ भने वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायत क्षेत्र डुबानमा परेका छन् ।

नारायणी नदीमा आएको बाढीका कारण पूर्वी नवलपरासीको विनयीत्रवेणी गाउँपालिका–१ बगुवनमा ७५ घर डुबानमा परेका छन् भने पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० को सेहरी, नन्दपुर क्षेत्रमा पनि २० भन्दा बढी घर डुबानमा परेका छन्।

सल्यानको कपुरकोट गाउँपालिका-३ सलाममा पहिरो जाँदा तीन घर र दुई गोठ पुरिएका छन् ।पहिरोमा मानविय क्षति नभएपनि केही चौपाया भने पहिरोले पुरिएर मरेको प्रहरीले जनाएको छ।

त्यसैगरी,राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ। बाँकेका लल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ ।

दांग देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुमा आएको बाढीको कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका छन् ।राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरु डुबानमा परेको छन् भने घोराही–तुलसीपुर,घोराही–होलेरी, अमिलिया–तुलसीपुर–कपुरकोट र भालुबाङ–प्युठान सडक खण्डका विभिन्न भागमा पहिरो खसेर यातायात सञ्चालनमा समस्या भएको
छ ।

त्यसैगरी,मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैरा खोला लगायत दर्जनौँ स्थानमा पहिराले सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ।

त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न भागमा खोलाको सतह बढ्न जाँदा पानिले सडकहरु डुबानमा परेको छ भने नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत विभिन्न क्षेत्रमा गएको पहिरोले यातायात संचालनमा कठिनाई बनेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५